के नै गल्ती छ भन्दै गीतकार नवराज

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत  “के नै गल्ती”को भिडियो सार्वजनिक भएको छ ।

गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको ‘के नै गल्ती’ नामक गीतमा बिजय आफैले स्वर  र संगीत भरेका छन भने संगीत संयोजन अमृत ल्वागुनले गरेका छन् ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन  पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि  उनको सानै देखिको  यो क्षेत्र प्रति को माया र झूकाबले आज उनि भित्र भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएका छन् ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पणले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयं नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा बिनोद केसीको पनि अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज, सुनिता र बिनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक भईसकेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतिकृयाहरुले पनि स्पस्ट पारेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *